वीरेन्द्र चोक सफा राख्न एक यूवाको अनुरोध (फोटोफिचर)


२४ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुटु वीरेन्द्रनगर वीच बजारमा रहेको वीरेन्द्र चोक सफा राख्दै र सबैलाई सफा राख्न एक यूवाले आह्वान गर्नुभएको छ ।

केही दिन अगाडी वीरेन्द्र चोक लगाएत बजारका विभिन्न ठाउँमा आफ्नै लगानीमा जेब्रा क्रस निर्माण गर्नुहुने यूवा किरण सापकोटाले वीरेन्द्र चोक सफा राख्ने अभियानमा जुट्नु भएको हो ।

सापकोटाले पुनः निर्माण भएको वीरेन्द्र चोकको सुन्दर कायम राख्नकालागि सबैलाई अनुरोध गर्दै चोकमा दिप प्रज्वलनमा पोष्टर पम्पलेट नटास्न अनुरोध गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ । “मैले यस्तो आग्रह गर्दा कसैलाई रिस उठ्ला तर सुन्दरता जोगाइ राख्नकालागि हामी सबै सचेत हुन नितान्त आवश्यक छ । त्यसैले मेरो आग्रह छ चोकको सुन्दरता कायम राखौ । मैले चोकमा टासिएका पोष्टरहरुलाई सम्मानपूर्वक स्थानीय पिपल चौतारीमा राखिदिएको छु ।”