जबसम्म प्रेस स्वतन्त्र रहदैन तब सम्म लोकतन्त्र हुँदैनः अध्यक्ष थापा


८ मंसीर, सुर्खेत । विश्व अन्तराष्ट्रिय दण्डहिनता विरुद्ध दिवसको अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा पनि प्रेस स्वतन्त्रता र्रयाली तथा कोण सभा गरिएको छ ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले प्रेसको क्षेत्रमा अहिले सम्म भएका घटना हत्याका घटनाहरुमा दोषीलाई कार्वाही नभएको तथा अझै सम्मपनि कानुनी दायरामा नल्याइएकोले त्यस्को विरुद्धमा यो कार्यक्रम गरिएको बताउनुभयो ।

प्रेस स्वतन्त्रताको हनन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनु राज्यको दायित्व हो तर जु सरकार आएपनि यस सम्बन्धमा कुनै चासोपनि नराखेको आरोप अध्यक्ष थापाले लगाउनुभयो । उहाँले भन्नुभयो । जब सम्म प्रेस स्वतन्त्र रहदैन तब सम्म लोकतन्त्र हुँदैन भन्ने सरकारले नबुझेको बताउनुभयो ।

सभामा रिपोर्टस क्लब नेपालका अध्यक्ष पत्रकार ऋषि धमलाले सञ्चारकर्मीहरुले अहिले सबैभन्दा बढी प्रताडित भएको बताउनुभयो । समाचार सम्प्रेषण भएकै भरमा सञ्चारकर्मीहरु माथि चौतर्फी आक्रमण भएको छ तर नेपालका सञ्चारकर्मी र सञ्चार क्षेत्र सम्यमित छ । सञ्चार क्षेत्रले खेलेको भुमिका अनुकरणिय भएको पत्रकार धमलाले बताउनुभयो ।

सबै सञ्चारकर्मीहरु एकजुट भएर खबरदारी गर्नुपर्ने वेला छ । समाजमा दण्डहिनताको अन्त्य हुनैपर्छ समाज जवाफदेही हुनुपर्छ । सञ्चारकर्मीले लेखेका समाचारले परिवर्तन धेरै भएको बताउँदै नेपालको सञ्चार क्षेत्रको प्रगति र उन्नती अब कर्णाली प्रदेशबाट हुनुपर्ने पत्रकार धमलाले जिकिर गर्नुभयो ।

सभामा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती र केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले आआफ्नो भनाइ राख्नुभएको थियो ।