कार्यकारी सम्पादकलाई मातृ शोक


३ जेठ, सुर्खेत

यस अनलाइनका कार्यकारी सम्पादक मिलन श्रेष्ठलाई मातृ शोक परेको छ । आज राती २ बजे उहाँकी ममतामयी माता शिवकुमारी श्रेष्ठ  ५७ वर्षको उमेरमा स्वर्गारोहण भएको हो । 13177336_961662460595791_2297660816456372377_nस्थानीय देउती अस्पताल प्रा‍.ली. मा उपचारको क्रममा असामयिक निधन भएको कार्यकारी सम्पादक श्रेष्ठले बताउनु भयो ।

मृतको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धर्यधारण गर्ने शक्ति प्राप्त गर्ने कामना गर्दछौं ।

प्रवाशकुमार शाक्य

निर्देशक/प्रधान सम्पादक

द त्रिरत्न, परिवार