
२३ माघ, जनकपुरधाम । प्रदेशसभा बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको भन्दै धनुषाको जनकपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइएको छ ।
स्थानीय युवाहरुले जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर जलाएका हुन् ।
माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।
यो सगै देश नम्बर दुईमा मातृभाषाको विवाद चर्किएको छ । स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् ।
पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो ।
मातृभाषामा नगरी हिन्दीमा संम्बोधन गरेकाले विरोध जनाएको स्थानीय युवक सुशील कर्णले बताए ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । २३ माघ २०७४, मंगलवार ०८:०१ बजे