कृष्णराज धमाला
फागुन २२, सुर्खेत ।
हिमाली डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिरोधमा पाँच दिन देखि आन्दोलन जारी छ । आन्दोलनको प्रभावका कारण त्यहाँको जनजीवन प्रभावित बन्दै गएको छ ।
नगरपालिका प्रमूखले केन्द्र सार्ने बारे कुनै छलफल नगरी किर्ते कागजात बनाई पेश गरीएको आन्दोलन पक्षधरको दाबी छ भने प्रमूखले कागजातको आधारमा बहुमतले निर्णय गरीएको जिकीर गरीरहेका छन् ।
संघिय मामिला मन्त्रालयमा निर्णय सहितका कागजात बुझाएपछि प्रकृया पुगेको भन्दै नर्णय गरी केन्द्र परीबर्तन भयो, राजपत्र प्रकाशित भयो, अनि मात्रै आफूहरुले यो कुराको बारेमा थाहा पाएका उपप्रमूख योगेन्द्रबहादुर शाहीको भनाई छ ।
केन्द्र परीबर्तन भएको सूचना राजपत्रमा छापीएपछि यसको बिरोधमा काठमाण्डौमा पनि संघर्ष समिति गठन भयो र यो प्रकृयाका बारेमा खोज तथा अनुसन्धान गरीरहेको बुझिएको छ ।
संघिय मामिला मन्त्रालयमा पेश गरीएका कागजातमा भएका त्रुटिहरु
केन्द्र सार्ने निर्णय सर्बसम्मत पारीत भएको भनिएपनि ३० र २७ जनाको पक्ष बिपक्ष उल्लेख छ । उपस्थितिमा ५८ जनाको नामावली भएपनि ५७ जनाको मात्रै हस्ताक्षर गरीएको छ, सदस्य संख्या ५७ जना मात्रै हुन् । यस्तै २०७३ असार ३१ को निर्णयलाई ६ महिना पछि मात्रै पेश गरीएको छ ।
संघर्ष समितिले औंल्याएका कमजोरीहरु
आन्दोलनकारीका तर्फबाट हिक्मतबहादुर शाहीले नगरपालिका प्रमूख गणेशबहादुर शाही र कार्यकारी अधिकृत गोबिन्द सुनुवारको नाममा जालसाझिर किर्ते कागज तयार पारेको अभियोगमा सर्बोच्च अदालतमा मुद्धा हाल्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् ।
जनमतको उपेक्षा गर्दै प्रकृयामा नल्याई प्रकृयामा आएको भनी नेपाल सरकारलाई ढाँटेको आरोप लगाउँदै अर्का आन्दोलनकारी लेखनाथ केसीले प्रमूखलाई अब नगरपालीका प्रमूख मान्न नसकिने समेत बताए ।
जिल्ला नै अस्तब्यस्त भएपछि राजनीतिक दल तथा सरोकारवाला निकायहरुले यो समस्याको समाधान तिर लाग्न आग्रह समेत गरेकाछन् ।
यो प्रकृयामा नेकपा एमालेको पनि हात छ भन्ने चर्चाका बिरुद्ध पार्टी अध्यक्ष दत्तबहादुर रोकायाले बिज्ञप्ति जारी गरी गलत प्रचार गरी पार्टीलाई बदनाम गरेको भन्दै बिज्ञप्ति सार्बजनिक गरेका छन् ।




Milan Shrestha । २२ फाल्गुन २०७४, मंगलवार ०२:२७ बजे