रबिन्सको उपचारमा सहयोग जुट्दै


अनमोल स्मृति प्रतिष्ठान द्धारा नगद सहयोग हस्तान्तरण

कृष्णराज धमाला
फागुन ३०, सुर्खेत ।

कालीकोट मुम्राका ११ बर्षिय रबिन्स बुढाको उपचारका लागि अनमोल स्मृति प्रतिण्ठानले आर्थिक सहयोग गरेको छ । २०७४ जेठ देखि बिरामी भई हाल सुर्खेत हस्पिटलमा उपचार गराइरहेका बुढाको सहयोगका लागि फाउन्डेसनले ६ हजार, ५ सय रकम सहयोग गरेको छ ।

बाँया हातका चार औंला काटेर फालीएका वालकको नेपागञ्ज, काठमाण्डौ र भारतका बिभिन्न अस्पतालमा उपचार गराउँदा गराउँदै घरखेत बेचेका उनका बाबुको सहाराका रुपमा कोपीला भ्यालीका मिलन कार्की भएकिछन् । उनले बिगत डेढ महिना देखि उनको खाना, वास र उपचारको ब्यबस्था मिलाएकिछन् ।

आफूसँग छोराको उपचारका लागि बिकल्प केही नभएको बेला अस्मिता फेन्सी हाउस, मिलन कार्की सँगै अनमोल स्मृति प्रतिष्ठानले लगाएको गुन कहिल्यै नभुल्ने बिराम बुढाका बुवाले भने । पत्रकार सम्मेलन पछि सहयोगी हातहरु जुट्दै गएकोमा खुसी भएका उनले सबैको सहयोगको ऋणि भएको बताए ।

अनमोल स्मृति प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै अन्य सहयोगी मनहरुलाई पनि बिरामी बालकको उपचारमा सहयोगका लागि आग्रह गरे । प्रतिष्ठनका अध्यक्ष सहित पदाधिकारीहरुले हस्पिटलमै पुगेर बिरामी बालकको उपचारका लागि आर्थिक सहयोग हस्तान्रण गरीएको हो ।