विकास निर्माणकालागि अवसर दिन आग्रह नेता शाक्य


२९ कात्तिक, सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्यले विकास निर्माणको लागि एक पटक आफुलाई अवसर दिन आग्रह गर्नुभएको छ ।

निर्वाचन प्रचार प्रचारको क्रममा जनतामाझ शाक्यले जनताका स–साना मुद्दालाई प्रमुख प्रथामिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शाक्यले जिल्लामा रहेको भूमिहिनको समस्या, सडक निर्माण, विद्युत, खानेपानी, ढल निकास जस्ता कुराहरुलाई प्रमुख एजेण्डा बनाएको बताउनुभयो छ । आफू निर्वाचित भएमा प्रदेशसभाबाट हुन सक्ने ऐन कानून निर्माण अन्य व्यवस्थापकिय पक्षमा जोडदार रुपमा लाग्ने शाक्यको प्रतिवद्धता रहेको छ ।

कांग्रेस नेता शाक्य संगै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल चुनावी मैदानमा छन् । यस अघि निर्वाचित भएर कंडेलले आफ्नो क्षेत्रको लागि केहि पनि गर्न नसकेको भन्दै शाक्यले यस पटक आफुलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरिरहेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदशसभा (क)बाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट यामलाल कंडेल निर्वाचित भएका थिए । यसपटक पार्टी भन्दा माथि उठेर आफुलाई भोट दिन आग्रह समेत गरेका छन् ।