रूपन्देहीद्धारा भेरीगंगालाई ८ विकेटले पराजितः केपिएल क्रिकेट


तस्विरः पश्चिमनेपाल ।

सुर्खेत जिल्लामा जारी रुस्लान कर्णाली प्रिमियर लिग क्रिक्रेट खेल अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा रुपन्देही ११ ले भेरीगङ्गा क्रिकेट क्लबलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलमा टस जितेर ब्याटिंग रोजेको भेरीगंगा क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो ।

जसमा रुपन्देहीका बलर सन्दिप सुनार र बशिर अहमदले समान ३–३ विकेट तथा बिक्रम भुसालले २ विकेट हात पारेका थिए ।

भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रनको योगदान दिए सफल भएका थिए ।
६९ रनको लक्ष्य रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितमा प्लेयर अफ द म्याच समेत चुनिएका सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

साभारः पश्चिमनेपाल ।