२७ फागुन, यस वर्षको जिल्लास्तरीय लिग फुटबलको उपाधिका लागि साविक विजेता वीरेन्द्रनगर स्पोर्टस क्लव (सैनिक आवासीय मावि) र नवप्रवेशी साथी खोर्के युवा (स्काई) क्लव आमने सामने हुने भएका छन ।
आज (विहीबार)भएको दोश्रो तथा अन्तिम सेमिफाइनमा अर्को नवप्रवेशी बाबियाचौर क्लवलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै स्काइले वीरेन्द्रनगरसंगको फाइनल भिडन्त पक्का गरेको हो ।
४० हजार नगद पुरस्कारका लागि वीरेन्द्रनगरसंग फाइनल भिडन्त निश्चित गर्ने क्रममा अरुण गाहा मगरले दोश्रो हाफमा छ छ मिनेटको फरकमा गोल गर्दै ह्याट्कि गरेर टोलीलाई फाइनल पुर्याएका हुन । खेलको ५४ औं, ६० औं र ६६ औं मिनेटमा मगरले हयाटिक पूरा गरेका हुन ।
उपाधि रक्षा गर्ने होडमा रहेको साविक विजेता वीरेन्द्रनगरले यसअघि हिजो (बुधबार) भएको पहिलो सेमिफाइनलमा नवप्रवेशी शिद्धपाइला स्पोर्टसलाई २ काविरुद्ध ३ गोलअन्तरले पराजित गर्दै लगातार दोश्रो पटक फाइनल पुगेको हो ।
शनिबार हुने फाइनलअघि भोलि (शुक्रबार) तेश्रो स्थानका लागि हुने खेलमा शिद्धपाइला र बाबियाचौरबीच प्रतिष्पर्धा हुने भएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ४० हजार, दोश्रो हुनेले २५ हजार, तेश्रो हुनेले १५ हजार र चौथो हुने टोलीले १० हजार नगद पाउने सुर्खेत जिल्ला पूmटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिनुभएको छ ।
यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट स्टइकर, रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही एक एक हजार पुरस्कार पाउने उहाँले बताउनुभयो ।

Milan Shrestha । २७ फाल्गुन २०७२, बिहीबार १५:३४ बजे