रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी, मेस्सी दोस्रो


imagesलन्डन— फोर्ब्स म्यागेजिनले विश्वका सबैभन्दा बढी कमाउने १०० खेलाडीको सूचि सार्वजनिक गरेको छ। स्पेनिस क्लब रियल म्याड्रिड स्टार क्रस्चियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाइ गर्ने खेलाडीमा पहिलो बनेका छन्।
२३ देशका १०० खेलाडीको सूचि फोर्ब्सले निकालेको हो। म्यागेजिनकाअनुसार रोनाल्डोको कमाई ८८ मिलियन अमेरिकी डलर छ। यो मध्ये ५६ मिलियन डलरले पाउने तलब हो। ३३ मिलियन डलर उनले विज्ञापन लगायतका प्रवर्ध्दनात्मक कार्यक्रमबाट उनले पाएका हुन्।
messi
दोस्रो धेरै कमाइ गर्ने खेलाडी पनि स्पेनिस क्लबकै छन्। उनी अर्जेन्टिनी फुटबल स्टार मेस्सी हुन्। बार्सिलोनाका यी स्टार फुटबलरको कमाइ ८१.४ मिलियन अमेरिकी डलर रहेको छ। ५३.४ मिलियन डलर मेस्सीको तलब हो भने २८ मिलियन डलर विज्ञापनबाट उनले कमाएका हुन्।

एक सय शीर्ष कमाइ भएका खेलाडीको सूचिमा बास्केटबल, बेसबल, टेनिस, गल्फ तथा बक्सिङका खेलाडी पनि परेका छन्।

साभारः नागरिक अनलाइन