एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न गृहमन्त्रीको निर्देशन


९ भदाै काठमाडौं –

नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । कंचनपुरका तत्कालिन एसपी विष्टलाई निलम्बन गर्न गृहमन्त्री रामबहादुर थापाले प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

गृहमन्त्रालयको निर्देशनमा कंचनपुरका तत्कालिन डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फांटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई समेत प्रहरी मुख्यालय तानिएको छ ।

कंचनपुरमा १३ वर्षीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि उनका हत्यारालाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोसित छन् ।

प्रहरीले पक्राउ गरेका युवा निर्दोष रहेको उनिहरुको भनाई छ । घटनामा डिल्ली विष्टका आफन्त र भिमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजाको भुमिका शंकास्पद रहेको भन्दै स्थानीयले घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै आएका छन् ।यसअघि आन्दोलन चर्केपछि गृहमन्त्रालयले कंचनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख विष्टको सरुवा गर्ने निर्णय गरेको थियो ।

कंचनपुरमा शुक्रवार मात्र प्रहरीको गोलीबाट १ जनाको युवाको मृत्यु भएको थियो । गृहमन्त्री थापाले शनिवारको वैठकमा अनुसन्धान प्रक्रिया पुरा नभएसम्मको लागी उनलाई निलम्बन गर्न निर्देशन दिएका हुन् । अन्य दुई अधिकृतलाई समेत हेटक्वार्टर बोलाएर बयान लिईने भएको छ ।काठमाडौं पाटीबाट साभार