
असोज २०, सुर्खेत ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गीत, संगित र साहित्यले दुनियाँ बदल्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्ने तर्क नकार्न नसकिने बताउनु भएको छ । दुनियाँका हरेक क्रान्तिहरु सफल हुनुमा प्रगतिशिल गीत, संगित र साहित्यले अहम् भूमिका निर्बाह गरेको उदाहरण दिदै मन्त्री रावलले नेपालको परिबर्तनमा यसको योगदान पनि महत्वपूर्ण रहेको बताउनु भएको छ ।
प्रगतिशिल लेखक संघ नेपाल शाखा सुर्खेतले आयोजना गरेको विशेष रचना वाचन, श्रष्ठा सम्मान एबम् कृति बिमोचन कार्यक्रममा बोल्दै मन्त्री रावलले समृद्धिको दिशाबोध गर्न प्रगतिशिल रचनाले भूमिका निर्बाह गर्ने भन्दै कर्णाली प्रदेशको समृद्धिको यात्रामा सहयोगी भूमिका निर्बाह गर्न पनि श्रष्टाहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नुभयो परिबर्तनका लागि पहिला मन परिबर्तन गर्नु पर्छ, परिबर्तनको ढोका खोल्न गीत, साहित्य र संगितले सहयोग गर्छ, यो अभियानलाई बिश्राम गर्न दिनुहुन्न ।
कार्यक्रममा महेन्द्रप्रसाद गिरि, युद्धबिक्रम शाही र सरस्वति गौतमलाई प्रगतिशिल रचनामा योगदान पुगाएको भन्दै सम्मान गरिएको छ भने परदि भट्टराई, जागेश्वर नेपाल, मुक्तान थेवा, पौडेल लोकेन्द्र डहरे र अनन्त अनुरागले छन्द कविता, गद्य कविता, गजल र मुक्तक बाचन गरेका थिए ।
शाखा सुर्खेतका अध्यक्ष हरिलाल महताराको अध्यक्षतामा भएको कार्यक्रममा लिहि २ जुम्लाको स्थायी बासीन्दा कर्णबहादुर बोहोरा कबु को चौथो कृति ऐतिहाँसिक गीति काब्यको समेत मन्त्री रावलले बिमोचन गर्नुभएको छ ।



Milan Shrestha । २० आश्विन २०७५, शनिबार १५:३८ बजे