एम. यू. मा विद्यार्थीहरुको आन्दोलन जारी


१७ श्रावण, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका संयुक्त विद्यार्थी संगठन र स्ववियुुको संयुक्त आयोजनमा आन्दोलनको क्रम अन्तरगत आज केन्द्रिय क्याम्पसको भित्र हातामा कालो पटि बाँधी क्याम्पसको प्राङ्गणमा नारावाजी गरिएको छ ।
विद्यार्थिहरुले २०७६ साउन १ गते विश्वविद्यालयका रजिस्टारलाई हरेक वर्ष वृद्धि हुुदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खारेज हुनुपर्ने, तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरिनु पर्ने, विश्वविद्यालयका पदाधिकारि,कर्मचारि र प्राध्यपकहरुको दोहोरो सुुविधा खारेज गरिनु पर्ने, यस अघि स्व.वि .यु विद्यार्थी संगठन र इन्जिनियरिङ्ग संकायका विद्यार्थी सँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गरिनु पर्ने, लगाएत बिभिन्न ११ बुुदेँ माग राख्दै एक हप्ताको अल्टेमेटम दिएको थियो र उक्त समय सम्म पनि म.प विश्व विद्यायलका पदाधिकारिहरुले आफुहरुको मागलाई कुनै व्यवस्था नगरेको कारणले गर्दा चरण बद्ध आन्दोलनको कार्यक्रम गर्नुु परेको स्ववियु सदस्य रोशन बस्नेतले जानकारि दिनु भयो ।
उक्त कार्यक्रममा बोल्दै स्ववियु सभापती झकबहादुर शाहिले विश्वविद्यालयका पदाधिकारिले नियम विपरीत आफु निकटका व्यक्तहरुलाई नियुक्ती दिई दक्ष व्यतिहरुलाई वाईपास गरेको बताउनु भयो ।
यस्तै अवस्था रहेमा विश्वविद्यालयम संकटमा पर्दै जाने भएको र त्यसकोलागि सबै सचेत नागरिकलाई आआफनौ ठाउँ बाट लाग्नु पर्ने भेला भएको बताउनुभयो ।
अबको आन्दोलन निर्णायक भएको र त्यसको लागि आफनौ नेतृत्वले जस्तो सुकै बलिदान दिन पनि तयार भएको बताउनु भयो । त्यसको लागि सबै पक्षको साथ र सहयोग आफुुले आशा गरेको बताउनु भयो ।
विद्यार्थीको आन्दोलन लाई कम्जोरिको रुपमा नलिन म. प विश्व विद्यालय प्रशासनलाई आग्रह गर्नुभयो । आन्दोलन कै कार्यक्रम अन्तरगर्त साउन १९ गते केन्द्रिय क्याम्पसमा सिटि जुुलुुस प्रदर्शन गर्ने ,२० गते केन्द्रिय कार्यालयमा विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा प्रवेश निषेध गर्ने, २१ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय पदाधिकारिका सवारि साधन अनिश्चतकालका लागि बन्द गर्ने कार्याक्रम भएको नेवि संघ सुर्खेतका युवा नेता मोहन राणाले जानकारि दिनुभयो ।