रारातालै नामको अर्को गित सार्बजनिक ( भिडियो सहित )


भ्रमण वर्ष २०२० लाई सफल बनाउनकालागि सहयोग मिलोस भन्ने हेतुले अर्को एउटा भिडियो गित सार्वजनिक भएको छ ।

चर्चित लोक तथा देउडा गायक महेन्द्र शाही राष्कोटी र राधा हमालको स्वर रहेको देउडा गितको भिडियो सार्बजनिक भएको हो । गितमा सफल मोडेल आशा शाही, निरक बम, कृष्णराज धमाला लगाएतको अभिनय रहेको गितलाई त्रिरत्ना मिडिया प्रा.लि.को  यूटयूव  च्यानलबाट आज  सार्बजनिक गरिएको छ ।

नेपाल सरकारले भ्रमण वर्ष २०२‍० घोषणा गरेको र कर्णालीका पर्यटकिय गन्तव्य मध्यको प्रमुख गन्तव्य रारा तालको प्रचारप्रसार गर्ने हेतुले गितको भिडियो निर्माण गरेको हजा सुनारले बताउनुभयो । सरकारले सहयोग सहकार्य गर्दै जाने हो भने यी र यस्ता दर्जनौ गीतहरु गाएर बजारमा ल्याउने उद्देश्य रहेको गायक शाहीको भनाइ छ ।

देशले हामीलाई के दियो भन्दा पनि मैले देशलाई के दिए भन्ने कुरा मुख्य भएको कुरालाई जोड दिदै हामीहरुले सकेसम्म कला र गलाको माध्यमबाट कला साँस्कृतीहरु र पर्यटकिय गन्तव्यहरुलाई विश्वमा चिनाउनेकालागि लागी पर्नेकुरामा आफु कटिबद्द रहेको गितका निर्देशक तथा मोडेल आशा शाहीले बताउनुभयो ।