
२ भाद्र, सुर्खेत । “देशद्रोही” शिर्षक गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको विषयमा तिब्र विरोध भैरहदा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको जनाइएको छ । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था गरेको छ ।
युट्युबमा मंगोल हप अफिसियल नामक च्यानलबाट हिजो सोमबार उक्त भिडियो अपलोड गरिएको थियो । गीत युट्युवमा अपलोड भएलगतै सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेपछि प्रहरीले कदम चालेको बताइएको छ ।
र्र्याप शैलीमा गाइएको गीतको शब्द र्र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेख्नुभएको छ । गीतको भिडियो मकवानपुर जिल्लाको बाग्मती गाउँपालिका ३ सल्लेनी स्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको भिडियोमा देख्न सकिन्छ ।



Prawash Kumar Shakya । २ भाद्र २०७७, मंगलवार १५:५५ बजे