१७ जेठ, सुर्खेत । ज्योति विकास बैंक सुर्खेत शाखाले आज सुर्खेतमा शाखा स्थापना भएको तेश्रो बार्षिक उत्सव मनाएको छ ।
बैंकका शाखा प्रवन्धक जीवन जोशीका अनुसार बैंकले सुर्खेतमा आज कै दिन २०७४ सालबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सेवा शुरु गरिएको ज्योती विकास बैंकको हाल सुर्खेतमा ३१ सय ८५ जना ग्राहक रहेकाछन् ।
अहिलेको समयमा धेरै विकास बैंकहरु मर्ज भैरहेको अवस्थामा ज्योती विकास बैंक भने तत्काल मर्ज हुने स्थितिमा नरहेको प्रवन्धक जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘पूँजीको हिसाबले चाहिने सबै पुरु गरेर नेपाल दोश्रो विकास बैंक भएकोले हाल मर्जको कुनै सम्भावना छैन् । बैंकले विषेश गरेर कृषि तर्फ ऋृण प्रवाह गरेको छ । सुर्खेत शाखाबाट हामीले करिब साढे ३५ करोड भन्दा माथि ऋृण लगानी गरिसकेका छौ । हाम्रो विशेष ध्यान गरेको महिला उद्यमी र कृषि क्षेत्रलाई गरेका छौ ।
कर्जा लिने ग्राहकहरुले सबै कागजात तयार पारेपछि १५ दिन भित्र कर्जा प्रवाह गरिने बताउँदै प्रवन्धक जोशीले महिला उद्यमीहरुलाई अहिले विशेष प्रकारको कर्जा सेवा शुरु गरेको जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । १७ जेष्ठ २०७७, शनिबार १६:०६ बजे