मुख्यमन्त्रीद्वारा कोपिलाको राहत क्याम्पको निरिक्षण (भिडियो सहित)


२५ जेठ, सुर्खेत । विश्वलाई नै आतंकित पार्दै तिब्र रफ्तारमा फैलिरहेको कोरोना भाइरसले यतिवेला कर्णालीमा पनि उच्च रफ्तार गरिरहेकै वेला अमेरिकी नागरिक म्यागी डोयनको संस्था विलिङ्क नावले कोपिला भ्याली सेवा समाजबाट कर्णालीका सबै क्वारेन्टाइनमा प्रदेश सरकारको सहयोग सामाग्री वितरण गर्दै आएको छ । कोपिलाले गरेको यहि कार्यको आज प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिपक्ष दलका नेताले सो कार्यको अनुगमन गर्नुभएको छ ।

कोपिला भ्याली सेवा समाजले कर्णाली प्रदेशका सबै क्वारेन्टाइनमा राहत सामाग्री पठाउनकालागि वीरेन्द्रनगरको शुभ होटेलमा यतिवेला राहत सामाग्री वितरणकालागि आफ्नो क्याम्प खडा गरेको छ । सोहि क्याम्पको आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा विलिङ्क नावका कन्ट्री डाइरेक्टर म्यागी डोयनले आफ्नो संस्थाले यो महामारीको बेलामा गरिरहेको कार्यको जानकारी गराउनुभएको थियो । अनुगमनका क्रममा मुख्यमन्त्री शाही र प्रमुख प्रतिपक्ष दलका नेता शाहीले संस्थाले यो महामारीबेला प्रदेशका नागरिकहरुको सेवामा लागेकोमा प्रशंसा गर्नुभएको थियो ।