लकडाउनको समयमा घरदैलोमै बीमा रकम भुक्तानि


चेक हस्तान्तरण गर्दे दुल्लु नगरपालिका वडा नं.१का वडा अध्यक्ष नयांराम थापा ।

३० जेठ, सुर्खेत । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको घरमै पुगेर बीमा रकम हस्तान्तरण गरेको छ । बिमितको मृत्युपछि उनका परिवारलाई घरमै गएर चेक हस्तान्तरण गरिएको हो । प्रस्ताबिक शाखा दैलेखका जुनियर अधिकृत मिलन श्रेष्ठकका अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नं १ का ८ वर्षिय बालकको परिवारलाई घरमै गएर चेक हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा दुल्लु नगरपालिका वडा न.१का वडा अध्यक्ष नयांराम थापाले अहिलेको यस जटिल परिस्थीतीमा पनि मृतकको घर आगनमै आएर सेवा दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

दुल्लु घर भई पढाईको शिलशिलामा सुर्खेत बसेरका ८ बर्षिय गणेश थापाको यहि जेठ १५ गतेका दिन खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको थियो भने हाल मृतको बुवा हाल बिदेशमा हुनुहुन्छ । लकडाउनको अवस्थामा उसको क्रियाक्रम गर्दा लागेको खर्च कसरी तिर्ने भन्ने अवस्थामा आफुले प्राप्त गरको रकमले आर्थिक भार कम भएको मृतकका आमा भगवती थापाले बताउनु भयो ।
यस्तै कम्पनीले चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा न.४का १७ बर्षिय मृतक यनेन्द्रबहादुर शाहीको परिवारलाई पनि चेक हस्तान्तरण गरेको छ । उनको आमालाई चेक हस्तारन्तरण गरिएको हो ।
एशियन लाईफ इन्स्योरेन्स अभियान अन्तर्गत जस्तो सुकै परिस्थीतीमा पनि मृतकको घर आगनमै पुगेर मृत्यु दाबिको चेक हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गतनै चेक हस्तान्तरण गरिएको कम्पनीका सिनियर बिजनेस म्यानेजर केशब शाहिले जानकारी दिनु भयो । चेक हस्तान्तरण कार्यक्रममा आफन्त, सिनियर बिजनेश म्यानेजरहरु केशब खड्का, ललिता थापा, बिजनेश म्यानेजर नगेन्द्रथापा, अभिकर्ता बिष्णु शाहि र प्रस्तावित उपशाखा दुल्लुका दिपक कार्कि र शाखा दैलेखका प्रमुख मिलन श्रेष्ठको उपस्थित रहेको थियो ।