सुर्खेतमा कोरोनाका १० नयाँ संक्रमित पुष्टी


१९ चैत्र, सुर्खेत । संसारभर कोरोनाका संक्रमित पुनः  बढ्न थाले संगै कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि संक्रमित संख्या बढ्दै गएको छ ।

आज सुर्खेतमा पछिल्लो २४ घण्टामा १५ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले नयाँ संक्रमित सबै वीरेन्द्रनगरमा  बसोबास गर्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ संक्रमितहरु धेरैजसो दैलेख र काठमाडौंबाट सुर्खेत फर्किएका र केही संक्रमित वीरेन्द्रनगर मै कार्यरत सुरक्षाकर्मी हुनुहुन्छ ।”

नयाँ संक्रमितहरुलाई होम आइसोलेसनमै बस्न आग्रह गरिएको छ। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।