
K-HAMI परियोजना अन्तर्गत अङ्कुर नेपालद्वारा सुर्खेतको वीरेन्द्रनगरमा वित्तिय साक्षारता र मनोसामाजिक परामर्श विषमा १ दिने तालिमको सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालवाट रोजगारीकालागि दक्षिण कोरियामा रहेका नेपालीका परिवारका सदस्यहरुलाई कोरियामा दुःख गरेर कमाएको पैसाको कसरि सदुपयोग गर्ने, कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयका साथै भविश्यको सुनौलो जिवनका लागी बचत तथा मितव्ययीता सम्वन्धि परामर्ष तथा कोरियामा काम गर्दै गरेका मजदुरले भोग्ने मानसिक पिडा र सो पिडा मार्फत निम्तिन सक्ने सम्भावित जोखीम र पारिवारको भुमिका का विषयमा मनोसामाजीक विमर्ष सेवा सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिकाका नगर उप-प्रमुख निलकण्ठ खनालले आफूलाई अमेरीका, अष्ट्रेलिया, यूरोप जाने भन्दा कोरिया जाने भनेको सुन्दा खुसि र गर्व लाग्ने गरेको बताउनुभयो । उहाँले अमेरीका लगाएतका देशहरुबाट पुँजी र सिप नेपाल खासै नफर्किर्ने तर कोरियाबाट सिप, पुँजी दुवै फर्किर्ने र स्वदेशमै धेरै जनाले उद्यमशिलता मार्फत रोजगारी वृद्धिमा सहयोग पुरयाइरहेको कुरा व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वार्ड नं. ९ का अध्यक्ष ऋषि गिरीले कोरियामा रोजगारी गरेर स्वदेश फिर्ता पछि धेरै यूवाहरुले स्वदेशमै आफ्नै सामर्थ्यमा निक्कै राम्रा काम गरिरहेको र सबै वर्तमान परिवेशमा उनिहरुका परिवारलाई आर्थिक सचेतता तथा पारिवारीक भुमिका बारे बेला बेलामा कार्यक्रम भइराख्नु पर्ने र आफूले आफ्नो स्तरबाट सक्दो सहयोग प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रमका विशेष अतिथी वीरेन्द्रनगर स्थित ए-वन एजुकेशनका कोरियन भाषा प्रशिक्षक तथा अङ्कुर नेपालका आजीवन सदस्य डायमण्ड ज्योती शर्माले पहिलो पटक वीरेन्द्रनगरमा आयोजित कार्यक्रमको परिचय, औचित्य तथा भावी कार्यक्रमका विषयमा प्रकाश पार्दै स्थानीय स्वतमा योजना तर्जुमा तथा बजेट विनियोजन गर्दा विदेशबाट फर्किएका व्यक्तिहरू मध्येबाट पनि सहभागीता गराएमा निक्कै प्रभावकारी हुने बताउनुभयो।
करिब १ सय जना सहभागीहरुको निक्कै उत्साहजनक सहभागीता र अर्थपूर्ण छलफल भएको कार्यक्रममा वित्तीय सुरक्षा सम्बन्धि खेमराज जोशी ज्यूले गर्नुभएको थियो भने मनोसामाजिक परामर्श सत्र मनोसामाजिक परामर्षदाता शेर बहादुर कुमालले गर्नुभएको थियो ।
कार्यक्रम लामो समय कोरियामा काम गरि हाल सुर्खेतमा सामाजिक काम सँगै व्यवसाय गरिरहनु भएका लक्ष्मिनारायण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण दिपा ढकालले सञ्चालन गर्नु भएको थियो ।




Prawash Kumar Shakya । १७ जेष्ठ २०८२, शनिबार २२:४७ बजे