जिल्ला स्तरीय एन्फा लिगमा बाबियाचौर क्लव विजयी,साथिखोर्के र फ्रेण्डशिप क्लव



२८,पौष सुर्खेत । अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगितामा बाबियाचौर क्लव विजयी भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार(आज) भएको पहिलो खेलमा वीरेन्द्रनगर क्लवलाई ३–२ गोलले पराजित गर्दै बाबियाचोर क्लव विजयी भएको छ।

सैनिक आवासिय माध्यमिक बिधालय मंगलगढीको खेल मैदानमा भएको खेलको पहिलो हाफमा वीरेन्द्रनगर स्पोर्टस क्लवका शिव थापाले १ गरि आफ्नो टिमलाई अग्रता दिदै पहिलो हाफमा १ सुन्ने बनाउ सफल भएका थिए । तर दोस्रो हाफको शुरु भएको केहि मिनेट ४३ मिनेटमा नै बाबिया चौरका धनसिहं वि.कले १ गोल आफ्नो टिमलाई १ /१ को बराबरी गराउन सफल भएका थिए । तर बावियाचौरका अर्का खेलाडि धनसिंह गुरुङ्ले १ मिनेट नबित्दै ४४ मिनेटमा अर्काे १ गोल गरि आफ्नो टिमलाई २-१ ले अग्रता दिएका थिए । खेल अवधि भर वीरेन्द्रनगर स्पोर्टस क्लबले खेलमा बराबरी गराउन धेरै कोशिस गरेता पनि अन्त्यमा बावियाचौरका महेन्द्र वि.कले पुन १ गोल गरेर टिमलाई बिजयी बनाएका थिए ।

यसै गरि आज भएको दोस्रो खेलमा साथिखोर्के र फ्रेण्डशिप क्लव दुबैले बराबर २–२ गोल गरेका छन् ।

हिजो(मंगलबार) भएको दुई खेलमा ए.बि.सि क्लवले ३ गोलको अग्रता ल्याएर ब्वाइज युनियन क्लवलाईलाई जितेको थियो भने,काक्रेविहार क्लवले ३–१ गरि बिययी भएको थियो ।

जिल्ला स्तरीय फुटबल लिगमा १८ क्लव दर्ता भएकोमा बुधबार सम्म १० क्लवले फुटबल खेलिसकेका छन, भने ८ क्लवले खेल्न बाकी नै छ । यस खेलबाट छैठौ स्थान सम्म आउने टिमले सिधै लिग चरण खेल्न पाउने भएका छन् । सातौ र आठौँ स्थानमा आउने क्लवले प्रदेश स्तरीय लिग खेल्ने र यसबाट छनौट भएकाले सि डिभिजन लिग खेल्न पाउने प्रशिक्षक रमेश तुलाधरले जनाकारी दिनुभयो ।

प्रतियोगिता माघ १० गते सम्म चल्ने जनाइएको छ ।