दीपाले पाइनन् ‘लप्पन ६प्पन’, अब ‘६क्का पन्जा’ हुने भयो नाम


१० फागुन,  चलचित्र निर्देशनमा हात हालेकी निर्देशक दीपाश्री निरौलाका लागि पहिलो गासमै सानो ढुंगा लागेको छ । उनले निर्देशन गर्ने भनिएको चलचित्रको नाम ‘लप्पन ६प्पन’ राख्ने भनिएको थियो । निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुकबाटै यसको घोषणा पनि गरेका थिए । तर, चलचित्र विकास बोर्डमा यो नाम दर्ता भैसकेको पाएपछि दीपालाई तनाव भयो । अर्कैले यो नाम राखेपछि दीपाले सोही नाममा चलचित्र बनाउन पाउने भन्ने त कुरै भएन ।

अब, निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले नयाँ नाम जुराएका छन् । चलचित्रको नाम राखिएको छ, ‘६क्का पन्जा’ । हुनत, अर्थका हिसाबले ‘लप्पन ६प्पन’ र ‘६क्का पन्जा’ले उस्तै वुझाए । आफ्नो चलचित्रको नाममा जसरी पनि ६ जोड्न चाहन्छन् दीपा र दीपक । यसैले पनि यसपटक उनीहरुले नाममा ६ जोडेका छन् ।
यो चलचित्रको छायांकन चैत्र ८ गतेबाट सुरु हुने पक्का भैसकेको छ । लामो समयदेखि हाँस्य ब्यङ्ग्य क्षेत्रमा जमिरहेकी दीपाले पहिलो पटक चलचित्र निर्देशन गर्न लागेकी हुन् । यसैले पनि उनी उत्साहित देखिएकी छिन् । यो चलचित्रमा सिताराम कट्टेल बाहेक अन्य हाँस्य कलाकार देखिनेछिन्, जो यसअघिका दुई चलचित्र ‘६ एकान ६ र वडा नम्बर ६’मा देखिएका थिए ।
साभारः अनलाइन खबर