भारतीय अभिनेता कौशिकको निधन


२५ फागुन, सुर्खेत । बलिउड फिल्मका अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ बर्षको उमेरमा निधन भएको छ ।

अभिनेता तथा निर्देशक कौशिकको निधनभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएकाछन् । सन् १९८३ देखि बलिउड फिल्म नगरीमा काम शुरु गर्नुभएका कौशिक एक सफल कमेडियन, स्कृप्ट राइटर, निर्देशक र निर्माता हुनुहुन्थ्यो ।

कौशिकले सन् 1987 फिल्म मिस्टर इंडिया बाट सफलता हासिल गर्नुभएको थियो । उहाँले १९९७ मा दीवाना-मस्ताना 1990 मा राम लखन ,1997 मा साजन चले ससुरालबाट सर्वश्रेष्ठ हास्य अभिनेता का फिल्म फेयर पुरस्कार जित्नुभएको थियो ।

कौशिकको निधन सँगै अभिनेता अनुपम खेरले ‘सतीश, बिना जिन्दगी पहले जैसी नहीं।’ ‘जानता हूं, मृत्यु ही इस दुनिया का अंतिम सच है, पर ये बात मैं जीते जी कभी अपने जिगरी दोस्त #SatishKaushik के बारे में लिखूंगा, ये मैंने सपने में भी नहीं सोचा था। 45 साल की दोस्ती पर ऐसे अचानक पूर्णविराम !! Life will NEVER be the same without you SATISH ! ओम् शांति!’ भन्दै ट्वीट गर्नुभएको छ ।