शाहीको “जाउ जाउ चेली” सार्वजनिक


६ माघ, सुर्खेत । सुर्खेती नवकलाकार भरत शाही ठकुरीले आफ्नो दोश्रो कोसेली “जाउ जाउ चेली” बोलको नयाँ गित सार्वजनिक गर्नुभएको छ ।

शाहीको आफ्नै युट्युव च्यानल भरत शाही अफिसियलबाट आज गित सार्वजनिक गर्नुभएको हो । शाहीले आफ्नो बहिनीको विवाह गर्दाको समयमा तयार गरिएको भिडियोलाई शब्द चित्र कोरी पञ्चेबाजाको धुनमा गित तयार गर्नुभएको छ । आजभोलीको समयमा पञ्चेबाजा लोप हुँदै गैरहेको अवस्थामा आफुले पञ्जेबाजाको संस्कृति जगेर्ना गर्नकालागि पनि यो गित तयार पारेको शाहीले बताउनुभयो ।

गितमा कुलेन्द्र विक, रेशम निर्दोश र पार्वती थापाले स्वर रहेको छ भने शब्द भानुभक्त रिजाल तथा संगीत डोलराज बारघरे रहेको छ । गितको भिडियो निर्देशन सुर्खेतका चर्चित युवा नृत्य निर्देशक चन्द बहादुर मन्दिर मगर गर्नुभएको छ । त्यस्तै गितलाई निर्देशक चन्द्रबहादुर मन्दिर मगर र कृष्ण बुढाले छायाँङ्कन गर्नुभएको छ भने सम्पादन निर्मल प्याकुरेलले गर्नुभएको छ ।