सुर्खेतका तीन महिला कलाकार बस्याल, थापा र भण्डारी सम्मानित


१ असोज, सुर्खेत । आज बागीना समुहले सुर्खेतले आज सुर्खेतका ३ जना महिला कलाकारहरुलाई सम्मान गरेको छ ।

सुर्खेतका ३ जना कलाकार नन्दा बस्याल, माया थापा र सिता भण्डारीलाई आज आयोजित तीज सद्भाव मेलामा लामो समयदेखि कलाकारिता क्षेत्रमा योगदान पुर्याए वापत सम्मान गरेको हो । कलाकार नन्दा बस्याल कलाकार मात्र नभएर एक कुशल खेलाडी पनि हुनुहुन्छ उहाँले भरखरै मात्र विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक जिताउन सफल हुनुभएको थियो ।

सुर्खेतका तीनै जनाले कलाकारिता क्षेत्रमा लामो समयदेखि रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म देशलाई चिनाउन सफल भै युवाहरूका लागि उदाहरणीय बन्न सफल भएकोमा बागीना समुहले सम्मान गरेको जनाएको छ ।

मेला वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)को प्रमुखआतिथ्यतामा सम्पन्न भएको हो ।