काउसो हालेर लुटने प्रयास असफल


लुटेराबाट जोगिएका व्यावसायी शिवप्रसाद गौतम
लुटेराबाट जोगिएका व्यावसायी शिवप्रसाद गौतम

सुर्खेत, ५ भदौ । सुर्खेतका व्यवसायी शिवप्रसाद गौतमको शरीरमा काउसो हालेर १२ लाख रुपैयाँ लुट्ने प्रयास असफल भएको छ । आइतवार दिउसो १ बजेतिर राष्ट्रिय बाणिज्य बैंकबाट पैसा निकालेर ओर्लने क्रममा एक जना लुटेराले गौतमको शरीरमा काउसो हालेको थियो । काउसो हालेर पैसा लुटने प्रयास गरेपनि आफुले रकम बोकेको झोला नछोड्दा लुटेराले पैसा लुट्न नपाएको गौतमले बताउनु भयो ।

गौतमले एपेक्स बैंकबाट ७ लाख, आफूसंग भएको ३ लाख र बाणिज्य बैंकबाट निकालेको १ लाख ८२ हजार गरी करिव १२ लाख रुपैया वोक्नु भएको थियो । बाणिज्य बैंकबाट रकम झिकेर झोलामा हाली कोलियाबाट झर्दै गर्दा कानमा हावा लागेजस्तो भएको उल्लेख गदै उहाँले त्यहीवेला शरीरमा काउचो हानिएको वताउनु भयो । आफुमाथि घटना हुने वित्तिक्कै बैंक प्रशासनलाई पनि खबर गरेको जानकारी गौतमले बताउनु भयो ।

काउसो हाल्ने युवकलाई आफूले चिन्न नसकेको उल्लेख गदै उहाँले रातो चेक सर्ट लगाएको, करिव २०–२२ बर्ष उमेरको कालो बर्णको युवकले काउचो हानेर भागेको वताउनु भयो । काउचो हान्न वित्तकै अर्कोतिर फर्किएकोले चिन्न नसकेको भन्दै आफूले रकम राखेको झोला शरीरबाट नछोडेकोले लुट्न नपाएको उल्लेख गर्नुभयो । ठूलो भाग्यले आफ्नो लाखौं रकम लुटिनबाट जोगिएको गौतमले वताउनु भयो ।

साभारः राराखबर अनलाइन