पुरुषोत्तम सापकोटा


14358691_1014854448661329_8522323059642915789_n२०५० साल असारको १३ गते  बसुन्धरा कलाधर सापकोटाले पुरुषोत्तमलाई यस धर्तीमा पर्दापण गराउनुभएको हो ।

सुर्खेत जिल्लाको पश्चिम भेरी र कर्णालीको दोभान घाटगाँउमा ४ बर्ष सम्म रहनुभएक सापकोटा त्यसपछि भने गुटू गाँउमा आफ्नो वाल्यकाल सुखद नै रहेको स्मरण गर्नुहुन्छ ।

सानोमा निकै लजालु स्वभाव भएको रहेको र कक्षा १० मा पढ्दा ताकाबाट एउटा साँस्कृतिक कार्यक्रममा सहभागी हुदाँबाट केही लजालुपन हटेको उहाँ सम्झनुहुन्छ ।

14368666_1015757335237707_870325988171399226_nसुर्खेतको वीरेन्द्रनगरमा अध्ययन गरिरहेको समयमा २०६७मा प्राविधिकको रुपमा एफ एम रेडियोमा प्रवेश गर्नुभएका पुरुषोत्तम सहित्यविधा गजलमा दखल राख्नहुन्छ ।

शुरुवात प्राविधक भएर रेडियो मा लाग्नुभएका पुरुषोत्तम पछि भने एउटा कुशल रेडियो उद्घोषक हुनुभएको हो ।

रेडियोमा उहाँले पहिले कार्यक्रम फनटाइम (हास्यव्यङ्ग्य) थियो । कार्यक्रम संचालन गर्न हौसला प्रदान गर्नुहुने रेडियो सुर्खेतका तत्कालिन सहकर्मी सुरेश गिरी तथा कार्यक्रम संयोजक प्रवाशकुमार शाक्यलाई उहाँ सम्झना चाहनुहुन्छ ।

मिडियामा प्रवेश गरिसकेपछि भने गितहरुमा पनि मोडलिङ गर्ने रहर चलेपछि उहाँ क्यामेरामा आफ्नो रुप कस्तो देखिन्छ भनेर एउटामा म्यूजिक भिडियोमा अभिनय गरि सकेको र अर्को गित अव प्रदर्शनको क्रममा रहेको उहाँ बताउनुहुन्छ ।

त्यस्तो सापकोटा एउटा छोटो चलचित्र किलर द गेम मा पनि अभिनय गरेको बताउनुहुन्छ ।

भविष्यमा सरकारी सेवामा प्रवेश गर्ने तथा एउटा सफल मिडियाकर्मी विषेश गरि भिजे हुने लक्ष्य रहेको पुरुषोत्तम बताउनु हुन्छ ।

https://www.youtube.com/watch?v=PvEao7QVnCQ