महावीरलाई राजेशपायलको सहयोग


rajesh payal photoकाठमाडौं- गायक राजेशपायल राईले सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्। गायक राजेशपायलले नक्सालस्थित आफ्नो कार्यालयमा महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसारभर छरिएर रहेका नेपालीमाझ सहयोग संकलन गर्दैछन्।

‘राजेशपायल भाइले राष्ट्रिय आविष्कार केन्द्रका लागि महादान दिनुभयो। अब कलाकारहरुलाई समावेश गरेर केही कार्यक्रम गर्ने पनि सोच रहेको छ,’ महावीर पुनले भने। उनले राजेशपायलको सहयोगी भावको कदर गरे।

‘सरकारले गर्नुपर्ने काम महावीर दाइ एक्लैले एक्लै गरिरहनुभएको छ। उहा“को काम देखेर मेरो मन थामिरहन सकेन। त्यहीभएर सानो सहयोग गरेको छु, यस्तै हजारौ हात आओस्,’ गायक राजेशपायलले भने, ‘उहाँको लक्ष्यलाई पूरा गर्न हामीहरु कन्सर्ट गर्नसमेत तयार छौं।’

साभारः नागरिक अनलाइन