मेनका आचार्य


बुवा चेतानन्द आचार्य र आमा गितादेवी आचार्यले यस धर्तीको सुर्खेत जिल्ला लेखफर्सा६ मा कान्छी छोरीको रुपमा मेनका आचार्यलाई पर्दापण गराउनु भएको हो ।
मेनका आचार्य  जन्मदै देखि नै दृष्टिविहिन हुनुहुन्छ र उहाँ आफूलाई सानोमा समान्य नै रहेको बताउनुहुन्छ । आफू दृष्टिविहिन भएको कारणले समान्यतया सबैले पढ्ने विद्यालयमा पढ्न नसकेकोले आफ्नो मामा कृष्णप्रसाद पौडेलको सहायतामा करिब सात महिना धनगढीमा अध्ययन गरेको र सुर्खेत स्थित रामघाट गाउँमा दृष्टिविहिनहरुका लागिपनि अध्ययन गर्न सकिने विद्याल खुले पछि आफू २ बर्ष सम्म शिखर मावि सुर्खेतमा नै अध्ययन गरेको बताउनुहुन्छ ।
शिखरमा अध्ययन गर्दा गर्दै अकस्मात त्यहाँको दृष्टिविहिनहरु बस्ने छात्रवास बन्द भएपछि उहाँले आफ्नो जन्मथलो लेखफर्सामा नै १० सम्म अध्ययन गरेको स्मरण गर्नुहुन्छ । कक्षा ९ सम्म पढ्दा मेनका आफैले नै परिक्षामा उत्तरहरु लेखेर बुझाएको बताउनुहुन्छ । सर सँग परिक्षामा सोधिएका प्रश्नहरु सोध्न र त्यसको उत्तर ब्रेललिपीमा लेखेर अनि सरहरुलाई सुनाउने र त्यसैको आधारमा आफुले नतिजा ल्याउने गरेको उहाँ सम्झदै एसएलसी टेष्ट परिक्षा भने अरुको सहायतामा दिएको उहाँ बताउनुहुन्छ ।
उच्चशिक्षा हासिल गर्न मेनका सुर्खेतको वीरेन्द्रनगर आउँदा भने शुरुका दिनमा क्याम्पस आउन जान निकै कठिन भएकै स्मरण गर्नुहुन्छ । कहिले आफन्तको सहयोगमा त कहिले साथीको सहयोगमा क्याम्पस जाने गरेको तर कहिले कसैलेको सहयोग नपाएर क्याम्पस जान नपाउँदा एक्लै कोठामा बसेर रोएको उहाँको अनुभव छ । जब मैले दृष्टिविहिनहरुको सेतो छडीको बारेमा बुझे र त्यो छडीको सहायताले आफूले धेरै अगाडी बढेको उहाँ बताउनुहुन्छ ।
मेनकाको आफू सबै भन्दा ठूलो रुची गायनमा रहेको बताउनुहुन्छ । यही रुचीले गर्दा उहाँ केही बर्ष अगाडी नेपालमा सन्चालन भएको Singing Icon Nepal मा सहभागी भएको र त्यस कार्यक्रमका जज गायिका अन्जु पन्त हुनुहुन्छ भन्ने थाहा पाउँदा आफू निकै नर्भस भएको उहा स्मरण गर्नुहुन्छ ।
मेनका आफूले अहिले मास्टर्स सम्मको अध्ययन पूरा गरि सकेको हुनाले आफू भन्दा साना दृष्टिविहिन भाईबहिनीहरुकालागि आफ्नो सुखदुखका कथा सुनाएर प्रेरणाको श्रोत बनी आफूले आर्जन गरेको ज्ञान उनीहरुलाई बाडी आफूले केही गर्न सक्नुपर्छ आत्मबल प्रदान गर्ने उहाँ बताउनुहुन्छ ।
२०६० साल देखि नेत्र हिन संघ सुर्खेतको कार्यसमितिमा रही दृष्टिविहिनहरुका पक्षमा केही काम गर्न सकु भनेर लाग्नुभएकी मेनका केही बर्ष देखि दृष्टिविहिन हेरविचार केन्द्रको उपाध्यक्ष रहनुभएको छ । यस केन्द्रले दृष्टिविहिनहरुकालागि केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले फेसबुक माफर्त आर्थिक सहयोग जुटाउँदै समय समयमा छात्रवास संचालन गरिरहेको र केन्द्रले भविष्यमा दृष्टिविहिनहरुकालागि नियमित छात्रवास संचालन गर्ने लक्ष्य  लिएको उहाँ बताउनुहुन्छ ।
प्रस्तुतिः प्रवाशकुमार शाक्य