प्रतिमा मल्लाह


प्रतिमा मल्लाह
उहाँकोजन्म २०३९ चैत्र ५ गते बाँकेको नेपालगञ्जमा बुवा राजाराम मल्लाह र आमा रेणु मल्लाहको कोखबाट भएको हो ।
उहाँ यस धर्तिमा साधारण परिवारमा जन्म लिनुभएको हो ।
उहाँ जब कसैसामु आफुलार्इ ससाना बालकालिकाको शिक्षक भनेर चिनाउनु गर्बको महशुस भएको अनुभव गर्नुहुन्छ
२०६४ सालबाट शैक्षिक क्षेत्रमा प्रतिक्षा मोन्टेश्वरी चिल्डेन्होम नामको विद्यालय वीरेन्द्रनगर सुर्खेतमा स्थापना गरि शुरु भएको हो ।
मल्लाहले यस विद्यालयमा मोन्टेश्वरी विधीबाट बालबालिकालाई शिक्षा दिने सम्बन्धी तालिम पनि सञ्चालन गर्दै आई रहनुभएको छ । थुपै महिलाहरुले तालिम लिइ आफु सक्षम भर्इ विभिन्न स्थानहरुमा विद्यालय संचालन देखेर उहाँ आफ्नो मन निकै नै प्रफुल्लित हुने गरेको बताउँदै आफूमा भएको सीप र ज्ञान अरुलार्इ पनि बाड्न पाउँदा आफूलाई निकै नै गौरान्वित भएको महशुस गर्नुहुन्छ ।
समाजशास्त्रमा स्नाकोत्तर र कानुन विषयमा स्नातक तहसम्म को अध्यन पूरा गरी बाल मनोविज्ञान विषयमा थुपै तालिमहरु लिएभएकी उहाँले महिलाहरुको अन्तरनिहित क्षमतालार्इ उजागर गर्न थुपैँ संघ संस्थामा कार्य गर्न अवसरहरु पनि प्राप्त गदै आएकी नारी हुन पाउँदा अझै धेरै खुशी लागेको बताउनुहुन्छ ।
हाल वर्ष २०१६ को सुर्खेत महिला जेसीज संस्थाको अध्यक्ष भर्इ थुपै युवा महिलाहरुको नेतृत्व लिने अवसर प्राप्त गरि आफू भन्दा सक्षम महिला नेतृत्वले नेतृत्व गर्न सकोस भनेर लिडर सीप र नेतृत्वसीपको कार्यक्रम र तालिमहरु दिने जमर्को पनि गदै आएको उहाँ बताउनु हुन्छ । 
वास्तवमा आफू साधारण परिवारमा जन्म लिइ थुपै संघर्षहरुलार्इ चिरदै साथीहरुलार्इ खुशी बाड्न पाउँदा संसार नै जितेको महसुस गर्दै हाम्रो समाज महिला त्यसमा पनि अभिभावक विहीन सन्तानलार्इ हेर्ने दृष्टिकोण छुटै रहेको र यस्तो सोचलार्इ चिरदै नयाँ बिहानी ल्याउन प्रयत्न गर्ने कोशिस गरिरहेकि उहाँ बताउनुहुन्छ ।

आफूलाई विभिन्न सामाजिक क्रियाकलापमा सहभागि भर्इ आफुले सिक्दै र सिकाउने तत्पर रहने नारी हुँ भन्न चाहनुहुने उहाँ आफ्नो क्षमता, सीप र ज्ञानबाट कसैको पनि दु:खीत मनमा खुशी छर्ने  र उत्प्रेरण दिने कार्यहरु गर्न मन पराउने आजको नारी हुन पाएकोमा गर्व गदै भगवानलार्इ धन्यवाद दिन चाहनुहुन्छ । आफूलाई जन्म दिने स्वर्गिय बुबा आमा प्रति पनि कृतज्ञ भई कर्म दिने दिदी प्रभा मल्लाह (थापा) प्रति र सम्पुर्ण शुभ चिन्तकहरु प्रति आभार व्यक्त गर्दै  आफूलाई हरेक कामहरु प्रति इमान्दारिता र जिम्मेवारी बहन गर्ने प्रण गर्दै साथै आफ्नो वरीपरीका साथीहरुलार्इ पनि काम प्रति जिम्मेवार हुन प्रेरित गर्न आग्रह गर्नुहुन्छ । संसारमा जन्मका साथै मृत्यु प्रकृतिक नियम हो । तर, यस धर्तिमा जन्मे पछि केही असल कार्यहरु गरि समाज र देश प्रति पनि आफ्नो अमूल्य भुमिका रहेको छ भन्ने कुरा बिर्सनु हुदैन्। तसर्थ म यस समाजमा आफ्नो सकारात्मक कार्यहरु बाट सम्पुर्ण युवाहरुलार्इ विशेष भूमिका रहेको अवगत गराउँन हरपल प्रयास गर्नेछु । उहाँ बताउनुहुन्छ ।
प्रस्तुतीः प्रवाशकुमार शाक्य