काठमाडौंबाट भैरहवातर्फ गइरहेको बस त्रिशुलीमा खस्यो


  • एककाे मृत्यु, ८ घाइतेको उद्धार , बसमा ९ जना मात्रै सवार : प्रहरी

 

कार्तिक २, २०७३- मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी-६ गाविसको नाै किलाे नजिक काठमाडाैंबाट भैरहवातर्फ गइरहेकाे यात्रुवाहक बस त्रिशुलीका खसेको छ । दुर्घटनास्थल मुग्लिनबाट  किमि नारायणघाट तर्फ पर्छ । बस पौने नौ बजे अासपास नदीमा खसेको प्रहरीले जनाएको छ ।

चितवनका एसपी वसन्त कुँवरका अनुसार काठमाडौंबाट भैरहवातर्फ गइरहेको लु१ख ७३९१ नम्बरकाे बस त्रिशुलीमा खसेको हो । अाठजना घाइतेको प्रहरीले उद्धार गरेको छ भने एककाे मृत्यु भएकाे छ । ‘बस नदीमा अाधी डुबेकाे अवस्थामा छ । हामीले भित्र पसेर हेर्‍याै‌ं अन्य यात्रु पाएनाै‌,’ उनले भने, ‘त्यसैले बसमा ९ जना मात्रै सवार रहेकाे देखियाे । थप अनुसन्धान गर्दै छाैं ।’ प्रहरीका अनुसार मृतककाे पहिचान भएकाे छैन ।

साभारः कान्तिपूर अनलाइन