वीरेन्द्रनगरको प्रमुखमा सुवेदी र उपप्रमुखमा ढकाल निर्वाचित


 

photo: medianp.com
photo: medianp.com

६ जेठ २०७४, सुर्खेत

स्थानीय निर्वाचन २०७४मा वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका देवकुमार सुवेदीले १४हजार ४सय ५ मत ल्याई विजयी हुनुभएको  छ । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका बालाराम शर्माले १३हजार ८सय ९९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उप-प्रमुखमा नेकपा एमाले का मोहनमाया ढकालले १६हजार ६८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका जानकी सिंहले १४ हजार २६ मत प्राप्त गर्नुभएको थियो ।