९ असार सुर्खेत । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि.सेवा केन्द्र बोटेचौरमा त्यस क्षेत्रका केन्द्र प्रमुखहरुको २ दिने गोष्ठी आजबाट सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट नगरपालिकाको बोटेचौरमा शुरु भएको छ ।
संस्थाको कार्य संचालन तथा अभिमुखीकरणकालागि संस्थाले समूहको केन्द्र प्रमुखहरुलाई गोष्ठीमा तालिम दिइएको हो । २ दिन सम्म संचालन हुने गोष्ठीमा संस्थाका अध्यक्ष अध्यक्ष पन्चसिंङ राेकायले आफूले लिएको ऋणहरुलाई सही ठाँउमा लगानी गरि आफ्नो जीवनस्तरलाई सफल र सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा संस्थाका लेखा संयोजक अंकबहादुर गुरूङ्ग, सचिव पासाङ्ग महत्तरा, काेषाध्यक्ष जवानसिंङ बुढाले आ-आफ्नो भनाइ राख्नुभएको थियो ।
५५ जना केन्द्र प्रमुखहरु उपस्थिति रहेकाे गोष्ठीको संचालन संस्थाका बरिष्ठ प्रवन्धक श्री विशाल के.सी. गर्नु भएको थियाे ।



Prawash Kumar Shakya । ९ असार २०७४, शुक्रबार १२:५२ बजे