उत्पादनशील काममा लगानी गरी आत्मनिर्भर बनाउन बौद्ध सफल


bauddha

१३ असार । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. सुर्खेतले उपशाखा कार्यालय दुल्लु अन्तरगतका लघुवित्त कार्यक्रमको सेवा केन्द्रका केन्द्र प्रमुखको गोष्ठी दैलेखको दुल्लु नगरपालिकामा सम्पन्न गरेको छ ।

कार्यक्रममा दैलेखका चामुण्डा, जम्बुकाँध, बासी, मालिका र कुसापानि लगायतका साविकका ११ वटा गाविसमा रहेका बौद्ध लघुवित्त कार्यक्रमका ९०जना केन्द्र प्रमुखको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले गाउघरको चर्को ब्याजको मारमा परेका दिदिबहिनीहरुका लागी उत्पादनशील काममा लगानी गरी आत्मनिर्भर बनाउन सफल यस बौद्ध ग्रामिणको महत्वपूर्ण भुमिका रहेको औल्याउदै आगामी दिनमा दुल्लु नगरपालिका बौद्ध ग्रामिणलाई सहयोग गर्न तयार रहेको बताउँदै भण्डारीले यस क्षेत्रमा वित्तिय सस्थाको बुद्धि र विकासका लागी अब हुने योजना र बजेटमा सुनिश्चितता गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

संस्थाका सचिव पासाङ्ग महत्तराले वित्तिय संस्था समुदाय लक्षित हुनुपर्ने भएका कारण त्यो आभास बौद्ध ग्रामिणले दिने बिश्वास गर्न आग्रह गर्दे विगतमा सुन्तला उत्पादनका लागी पकेट क्षेत्र मानिएको दुल्लुलाई आगामी दिनमा सुन्तला उत्पादन र बजार व्यवस्थापनमा बौद्धले विषेश पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक विशाल के.सीले गाँउगाँउमा रहेको चरम गरिबिलाई हटाउन गरेको बौद्धको प्रयासलाई विश्वास गरी साथ दिई सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।

संस्थाका अध्यक्ष पंच सिंह रोकायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन उपशाखा प्रवन्धक डिल बहादुर घर्तिले गर्नु भएको हो ।