२५ बैशाख, दाङ- प्यूठानको स्वर्गद्धारी दर्शन गरेर दाङ फर्कदै गरेका यात्रु चढेको जीप शनिवार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाईते भएका छन्। शनिवार स्वर्गद्धारीबाट दाङ तुलसीपुर फर्कँदै गरेको बा १४ च ३८३९ नम्बरको स्कारपीयो जीप प्यूठानको भिंग्री ढाडा भन्ने स्थानमा दुर्घटना भएको प्यूठान प्रहरीले जनाएको छ।
दुर्घटनामा परि दाङ तुल्सीपुर नगरपालिका १९ उरहरीका १९ वर्षीय बिमला खनाल, १३ वर्षकी बालिका अस्मीता खनाल र ५० वर्षका सुकदेव खनालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। बर्षातका कारण कच्ची सडकमा जीप चिप्लीएर सडकबाट झण्डै तीस मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि तुलसीपुर १९ कै कमला खनाल, कौशीला खनाल, शारदा खनाल, बसन्ता खनाल र डुवा खनाल गम्भीर घाईते भएका छन् । उनीहरुलाई उपचारका लागी नेपालगञ्ज लगीएको प्रहरीले बताएको छ।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । २५ बैशाख २०७३, शनिबार १४:५५ बजे