
२३ पुस, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन् ।
सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिएका छन् ।
पत्रकार महासंघ भक्तपुर शाखाको २१ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए ।
वाम गठबन्धनभित्र राजनीतक स्वार्थ अधिक देखिएको बताउँदै उनले गठबन्धको दिर्घकालीन स्वरुप देख्न नसकेको बताए । साथै वाम गठबन्धन टुटाउन बाहृय शक्ति लनगिपरेको उनले बताए ।
कार्यक्रममा बिजुक्छेले रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापालाई स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरे ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । २३ पुष २०७४, आईतवार १६:४० बजे