जिफ्न्टले १२९ औं मे दिवस मनायो


सुर्खेत, १८ बैशाख ।

नेपाल ट्रेड युनियन महासंघ (जिफ्न्ट) कर्णाली प्रदेशको आयोजनामा १२९ औं मे दिवस मंगलबार वीरेन्द्रनगरमा विविध कार्यक्रम गरी मनाइएको छ । जिफ्न्टमा आवद्ध ७ वटा विभिन्न घटकहरुका मजदुरहरुले स्थानीय मंगलगडी चोकदेखि बाजागाजासहितको ¥याली वीरेन्द्रचोक हुँदै बजारपरिक्रमा पछि एमाले पार्टी कार्यालयमा पुगि सभामा परिणत भएको थियो ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य गणेश बहादुर वलीले कार्यक्रममा बोल्दै सम्पूर्ण श्रमिकहरु फुटेर होइन, जुटेर अगाडी बढ्न आग्रह गर्दै श्रमिकको अधिकार स्थापित नभएसम्म मुलक समृद्ध नहुने बताए । संगठननै शक्ति भएकाले सम्पूर्ण मजदुरहरु जिफ्न्टमा आवद्ध हुन आग्रह गरेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठुला परिवर्तनहरु श्रमिकको बलमा सम्भव भएको बताए ।

कार्यक्रममा जिफ्न्ट कर्णाली प्रदेश सदस्य तथा सुर्खेत इन्चार्ज तेज कुमार वि.क. (तोरण) ले श्रमिकहरुको हकअधिकार स्थापित गर्न श्रम आयोग गठन गरिनुपर्ने, श्रम ऐन र सामाजिक सुरक्षा ऐन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले श्रमिकहरुको उचित ज्याला निर्धारण नहुँदा श्रमिकहरु मारमा परेको बताए । ¥यालीमा जिफन्टमा आवद्ध नेपाल अटो मेकानिक्स ट्रेड युनियन, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ, नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, नेपाल स्वास्थ्य स्वयंमसेविका संघ, यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य तथा जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय सचिव रत्नलाल न्यौपानेले राखेका थिए भने जिफ्न्ट कर्णाली प्रदेश कमिटीका सदस्य तेज कुमार वि.क. (तोरण) को अध्यक्षता एवं एमाले जिल्ला कमिटी सुर्खेतका सचिवालय सदस्य गणेश बहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।