अधिराज्यभर कोरोनाका ९०२६ संक्रमित


७ असार, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण आज आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै अधिराज्यभर कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । त्यस्तै कोरोनाको कारणले ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

यसैवीच कर्णालीका सबै जिल्लामा कोरोनाको संक्रमण भेटिएको छ । कर्णालीमा आज सम्म १२५६ जना संक्रमित भेटिएकाछन् भने जस्मा अन्य प्रदेशका १६ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।