परोपकारद्वारा रक्तदान


१५ साउन, सुर्खेत  । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अहिलेको समयमा रगतको अभाव छ । यही अभावलाई केही भएपनि पूर्ति गर्नकालागि आज रक्तदान कार्यक्रम गरिएको छ ।

वीरेन्द्रनगर १० खजुरा सुर्खेतमा रहेको परोपकार पुनर्स्थापना केन्द्रले आज आफ्नै भवनमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ३५ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधीक दिपेन्द्र केसीले जानकारी दिनुभयो ।