बाँकेका अवधी पत्रकारद्वारा तीजको शुभकामना आदान-प्रदान


पवन जायसवाल ।

नेपालगन्ज (बाँके)

अवधी पत्रकार संघ नेपाल (नाजा) बाँकेले कजरी तीज पर्व २०८२ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अवधी पत्रकार संघ नेपाल (नाजा) केन्द्रिय समितिकी कोषाध्यक्ष सन्ध्या शर्माद्वारा सञ्चालित, अवधी पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष समीर अली सलमानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छिमेकी मित्र राष्ट्र भारत उत्तर प्रदेश आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरूमा विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई सम्मानित गम्छा ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

अवधी पत्रकार संघ नेपाल (नाजा) का केन्द्रीय सदस्य चन्दा सिंह कसेराले कार्यक्रममा स्वागत मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले पत्रकारितामा मर्यादा र जिम्मेवारी कायम राख्न जोड दिँदै समाचार लेख्ने बानी बसालौँ, मर्यादित पत्रकारिता गरौँ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा रेडियो प्रसारक संघ एकोराब बाँकेका अध्यक्ष र नेपाल प्रेस इन्स्टिच्युटका मोहम्मद आरीफ अन्सारी, नेपाल र भारत बीचको रोटी–बेटीको सम्बन्धलाई उजागर गर्दै पत्रकारको लेखनले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्ने बताउनुभयो ।

यसरी कार्यक्रममा ७८ बर्षीय अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमालले तीज पर्वको शुभकामना व्यक्त गर्दै पर्वको नाममा विकृतिहरू बढदै गएको भन्दै परम्परागत रीतिरिवाज अनुसार तीज मनाउनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी भारत उत्तर प्रदेशका भारतीय पत्रकार फराज अन्सारीले यस्तो कार्यक्रममा हामीलाई सम्मान गरेकामा आयोजक प्रति आभार व्यक्त गर्दै हामी मित्रराष्ट्र मात्र नभएर असल छिमेकी पनि हो । यस किसिमको कार्यक्रमले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाउँछ । उहाँले भन्नुभयो ।

नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका पूर्वअध्यक्ष नन्दलाल बैश्य, प्रेस चौतारी नेपालका केन्द्रय सदस्य शकील अहमद कादरी लगायतले कजरी तीजको शुभकामना तथा मित्र राष्ट्र भारतका पत्रकारहरूले सकारात्मक पक्षमा कलम चलाउनु पर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा अवधी पत्रकार संघ नेपाल (नाजा) केन्द्रीय अध्यक्ष राकेश मिश्र, संस्थापक सूर्यलाल यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा रेडियो प्रसारक संघ एकोराब बाँकेका अध्यक्ष र नेपाल प्रेस इन्स्टिच्युटका मोहम्मद आरीफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक बिष्णुलाल कुमाल, अवधी पत्रकार संघ बाँकेका पूर्वअध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी, पूर्वअध्यक्ष नन्दलाल साहू, अजय बैश्य, कोषाध्यक्ष चन्दा सिंह, अल्का मिश्रा, दिनेश ठाकुर, भरत बैश्य, अन्जु पाठक, धर्म प्रकाश जायसवाल, अजमत अली, शकील अहमद राई, दुर्गा बालमिकी, रेखा गुप्ता लगायतको उपस्थिति थियो । सो कार्यक्रममा अवधी लेखक,अवधी हास्यव्यंग्य कलाकार शिवप्रसाद पाठकले कविता वाचन गरेर कार्यक्रममा मनोरञ्जन गराउनुभएको थियो ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82